समाज

ओखलढुङ्गामा करेन्ट लागेर १ जनाको मृत्यु

ओखलढुङ्गामा करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडौं । ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

शनिबार बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ । नेचासल्याण गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बसेका थिए । 

सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युतको एमसिबी चलाउने क्रममा उनको करेन्ट लागेको मृत्यु भएको जनाइएको छ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *