मुख्य समाचार

अमेरिकाको लस एन्जलसको नाइटक्लब बाहिर गाडीले भिडलाई ठक्कर दिँदा ३० जना घाइते

अमेरिकाको लस एन्जलसको नाइटक्लब बाहिर गाडीले भिडलाई ठक्कर दिँदा ३० जना घाइते

एजेन्सी । अमेरिकाको लस एन्जलसको एक नाइटक्लब बाहिर मानिसहरूको भीडमा एउटा गाडी अनियन्त्रित भई पस्दा ३० जना घाइते भएका छन् । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर र छ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । पूर्बी हलिउडस्थित ‘भर्मन्ट हलिउड’ म्युजिक भेन्युमा प्रवेश गर्न लामबद्ध भएर बसेकाहरूलाई लक्षित गरी तीव्र गतिमा आएको कारले ठक्कर दिएको हो । 

लस एन्जलस प्रहरीले घटनालाई सुनियोजित कार्यको रूपमा अनुसन्धान अघि बढाएको छ । दुर्घटनापछि आक्रमणकारीले चालकलाई गाडीबाट बाहिर निकालेर कुटपिट गरेका थिए । एक आक्रमणकारीले चालकलाई गोलीसमेत हानेको बताइएको छ । उनको अवस्था अज्ञात रहेको बताइएको छ । 

लस एन्जलसका नगर प्रमुख करेन बासले यस घटनालाई हृदयविदारक त्रासदीको संज्ञा दिएका छन । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *