समाज

कपिलवस्तु बस दुर्घटना हुँदा २९ जना घाइते

कपिलवस्तु बस दुर्घटना हुँदा २९ जना घाइते

काठममाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

काठमाडौंबाट दाङ जाँदै गरेको लु.प्र ०२००१ ख ००४५ नम्बरको बस कपिलवस्तुको चन्द्रौटा र गोरुसिङ्गेको सिमानामा रहेको बेल नदी नजिकै दुर्घटना भएको हो । 

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका अनुसार उक्त घटनामा तीन जनको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते भएकालाई बुटवल लगिएको छ भने बाँकी घाइतेको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *