समाज

पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

पर्वतमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते

काठमाडौं । पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा शनिबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा फलेवास –७ का ३४ वर्षीय विक्रम सुनार, वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् । 

घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *