समाज

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। 

शनिबार (आज) बिहान करिब ६ बजे  जिप दुर्घटना भएको हो । सुप–प्र ०१००१ ज १३७२ नम्बरको जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउ निवासी २४ वर्षीय जिप चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरीको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरीने जनाएको छ । 

घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ का रामबहादुर राना, कमला धामी, राजेन्द्र बहादुर खत्री, भागरथी खत्री, एलिसा खत्री र हेमन्त प्रसाद भट्ट रहेका छन्। 

धनगढीबाट गोकुलेश्वरतर्फ जाँदै गरेको जिप सडकबाट झन्डै ७० मिटर तल खसेको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *