समाज

बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ जना घाइते

बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ जना घाइते

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

उक्त घटनामा अन्य १५ जना घाइते भएका छन् । घटनास्थलमै मृत्यु हुनेमा हिमाली–५, क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

क्युडी गाउँबाट हिमाली–५ को वडा कार्यालयतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना भएको हो । जीप बढी भारका कारण कच्ची सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घाइतेको उद्धारका निम्ति हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थलमा पठाएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *