समाज

भक्तपुरमा दुई बालिका मृत फेला

भक्तपुरमा दुई बालिका मृत फेला

काठमाडौं । भक्तपुरमा दुई बालिका मृत फेला परेका छन् । 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा दुई बालिका झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

आज विहान पैने ७ बजे बोडे सिन्टिटार स्थितमा इट्टा र फलामले बनेको २ तले घरको भुईँ तलामा डेरा गरी बस्ने जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीय मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीय सृजना कँडेल मृत फेला परेका हुन् । 

कँडेल दिदीबहिनी कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *