मुख्य समाचार

बंगलादेशमा लडाकु विमान दुर्घटना हुँदा २० जनाको मृत्यु, १७० जना घाइते

बंगलादेशमा लडाकु विमान दुर्घटना हुँदा २० जनाको मृत्यु, १७० जना घाइते

एजेन्सी । बंगलादेशमा लडाकु विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । 

चिनियाँ निर्मित एफ–७ बीजेआई एफ–७ बीजेआई लडाकु विमान सोमबार दिउँसो स्थानीय समय अनुसार १ बजे प्रशिक्षणका लागि उडेको केही समयमै ढाकास्थित मिलस्टोन स्कूल एन्ड कलेजमा खसेर दुर्घटनाग्रस्त भएको हो । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दुर्घटनामा १७० व्यक्ति घाइते भएका छन् । मृतकमध्ये धेरैजसो विद्यार्र्थी र क्याम्पसका कर्मचारीहरु  रहेका छन् । विमान दुर्घटना लगत्तै विमानमा आगलागी हुँदा क्याम्पसको भवन जलेर ध्वस्त भएको छ । 

दुर्घटनाको खबर पाएलगत्तै क्याम्पसका विद्यार्थीका अभिभावकहरुमा कोलाहल मच्चिएको थियो । यसैबीच बंगलादेश सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो । 

यसअघि बंगलादेशमा सन् १९८४ मा भएको विमान दुर्घटनामा ४९ जनाको ज्यान गएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *