मुख्य समाचार

मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

एजेन्सी । मलेसियामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । 

उत्तरी मलेसियामा विश्वविद्यालयका विद्यार्थीसहितको बस बिपरीत दिशाबाट आईरहेको मिनिभ्यानसंग ठोक्किंदा दुर्घटना भएको हो । दुर्घटनामा १३ जनाको घटनास्थलमा र अन्य २ जनाको भने उपचारकै क्रममा मृत्यु भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घटनामा ३३ जना घाईते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था भने गम्भीर रहेको बताईएको छ । दुर्घटनाका क्रममा केहीले भने झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन् । 

मलेसियामा बिगत १० वर्षपछीको यो नै सबैभन्दा डरलाग्दो सडक दुर्घटना हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *