एजेन्सी । अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा आएको भीषण आँधीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
केन्टकी र मिसौरी राज्यमा कयौँ घाइते भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन । केन्टकीमा मात्रै १८ जनाको मृत्यु भएको बताइएको छ । मिसौरीमा ७ जनाको मृत्यु भएको छ । तिमध्ये पाँचजना लुइस शहरका छन ।
लुइसमा भवन भत्किँदा र रूख ढल्दा ३८ जना घाइते भएका छन । क्षतिग्रस्त क्षेत्रमा अझैं पनि जीवित व्यक्तिको खोजी भइरहेको बताइएको छ । सबैभन्दा बढी क्षति पुगेका दुई क्षेत्रमा केही समयलका लागि कफ्र्यू लगाइएको थियो ।
मिसौरीमा करिब पाँच हजार भवन क्षतिग्रस्त भएका छन । मिसौरी र केन्टकीमा करिब १ लाख भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ । केन्टकीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने लरेल काउन्टीमा शनिबार बिहान आँधी आएको हो ।
राष्ट्रिय मौसम सेवाले छिमेकी राज्य इलिनोइसमा पनि आँधी देखिएको बताएको छ । टेक्सासको उत्तरी क्षेत्रमा पनि आगामी दिनमा आँधी आउन सक्ने चेतावनी जारी भएको समाचारमा उल्लेख छ ।