मुख्य समाचार

पुटिन युक्रेनमा जवाफी हमला गर्ने तयारीमा रहेको ट्रम्पको खुलासा

पुटिन युक्रेनमा जवाफी हमला गर्ने तयारीमा रहेको ट्रम्पको खुलासा

एजेनसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले एयर बेसमा गरेको ड्रोन आक्रमणको जवाफ दिने तयारी गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलासा गरेका छन् । 

राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपतिसँग गरेको फोन वार्तापछि एयर फिल्डमा भएको हमलाको जवाफी कारबाही गर्ने तयारी गरिरहेको खुलासा गरेका हुन् ।  रुसले पनि सैन्य कारबाही छलफलको विषय भइरहेको जानकारी दिएको छ ।  

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले एक घण्टा बढी समय भएको सो फोन वार्तामा युद्ध विरामका लागि ठोस केही नभएको समेत बताएका छन । रुसको सरकार नियन्त्रित सञ्चार माध्यमले पुटिनले ट्रम्पसँगको वार्तामा युक्रेन युद्धबाट भागेको तथा किभ आतङ्ककारी संगठनमा परिणत भइरहेको बताए । जुन एकमा रुसी एयर बेसमा युक्रेनको आक्रमण गरेपछि यी दुई नेताको बीचमा पहिलो पटक फोन वार्ता भएको हो । 

यसअघि रुसले युक्रेनका सर्वसाधारणको ज्यान जाने गरी किभमा गरेको मिसाइल आक्रमणपछि ट्रम्पले पुटिनलाई पागलको संज्ञा दिएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिन कहिले पनि युद्ध विरामका लागि सचेत नभएको आरोप लगाएका छन ।  रुस सधैँ युद्ध पक्षमा रहेको तथा शान्ति नचाहने आरोप समेत उनले बताए ।

बुधबार नै युक्रेनी उप प्रधानमन्त्री युलिया सारेडेन्को र राष्ट्रपति कार्यालयका प्रमुख आन्द्रे यर्माकले वाशिङ्टनमा अमेरिकी सिनेटरसँग हतियार खरिद तथा शान्ति वार्ताको विषयमा छलफल भएको समाचारमा  उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *