एजेन्सी । अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले अमेरिकाले विभिन्न देशबाट आयात गर्ने सामानहरूमा आयात कर लगायन पाउने एक पुनरावेदन अदालतले फैसला गरेको छ ।
अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार अदालतले गरेको फैसला पुनरावेदन अदालतले उल्टाएको हो । एक दिनअघि अमेरिकाको अन्तर्राष्ट्रिय व्यापार अदालतले ट्रम्प प्रशासनले लगाएको विश्वव्यापी आयात करलाई अवैध ठहर्याएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संघीय पुनरावेदन अदालतले ह्वाइट हाउसको अनुरोधलाई स्वीकार गर्दै तल्लो अदालतको आदेशलाई अस्थायी रूपमा निलम्बन गरेको हो ।
यसअघि तल्लो अदालतले ट्रम्पले अन्तर्राष्ट्रिय आयात कर लगाउने निर्णय गरेर आफ्नो अधिकार नाघेको फैसला गरेको थियो ।