मुख्य समाचार

गोरा किसानमाथि ज्यादति भइरहेको भन्दै ट्रम्पले मागे दक्षिण अफ्रिकासँग जवाफ, समकक्षी रामाफोसाद्वारा आरोप अस्वीकार

गोरा किसानमाथि ज्यादति भइरहेको भन्दै ट्रम्पले मागे दक्षिण अफ्रिकासँग जवाफ, समकक्षी रामाफोसाद्वारा आरोप अस्वीकार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानमाथि भइरहेको ज्यादतिबारे जवाफ माग गरेका छन् । 

दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसाबीच ह्वाइट हाउसमा भएको भेटवार्तामा उनले दक्षिण अफ्रिकामा गोरा किसानहरूलाई सताइएको र नरसंहारको सामना गरिरहेको ट्रम्पले आरोप लगाएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी आरोपको दक्षिणी अफ्रिकी राष्ट्रपति रामाफोसाले अस्वीकार गर्दै दक्षिण अफ्रिकामा गोरा मानिसहरूको तुलनामा काला मानिसहरू हिंसाको शिकार हुने सम्भावना धेरै रहेको बताएका छन् । 

व्यापार वार्ताका लागि ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले आरोप लगाउँदा रामाफोसाले भने शान्त रहँदै जातीय मेलमिलाप प्रति दक्षिण अफ्रिकाको प्रतिबद्धता दोहोर्‍याएका छन । गोरा नरसंहारका दाबीलाई दक्षिण अफ्रिकाले अस्वीकार गर्दै आएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *