मुख्य समाचार

युक्रेनमाथि आक्रमण जारी राखेपछि पुटिनसँग ट्रम्प आक्रोशित

युक्रेनमाथि आक्रमण जारी राखेपछि पुटिनसँग ट्रम्प आक्रोशित

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको कडा आलोचना गरिरहेका छन् ।  

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार केही दिनअघि मात्र पुटिनलाई पागलको संज्ञा दिएका ट्रम्पले फेरि उनी आगोसँग खेलिरहेको टिप्पणी गरिरहेका हुन् । 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पुटिनलाई आफु निर्वाचित नभएको भए रुसमा धेरै नराम्रा कुरा हुने थियो भन्ने थाहा नभएको उल्लेख गरेका छन् । युक्रेनमा रुसले निरन्तर बमबारी गरेपछि ट्रम्प पुटिनसँग रिसाएका हुन् ।  

यसअघि, ट्रम्पले युक्रेनमा रुसले निरन्तर गरेको बमबारीका कारण पुटिनको आलोचना गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *