भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा तोसिखोम सोरेनेमबाट जोर आहालसम्म पदमार्ग निर्माण गरिएको छ ।
केन्द्र सरकारबाट प्राप्त १८ लाख बजेटबाट यहाँ करिव एक किलोमिटर पदमार्ग निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । पर्यटन क्षेत्रको विकासको लागि यहाँ पदमार्ग निर्माण गरिएको हो । पुरानो बाटोलाई समेटेर पदमार्ग निर्माण थालिएपछि स्थानीयबासी उत्साहित भएका छन् ।
पदमार्गले पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने गाउँपालिकाको भनाइ छ । पदमार्गले आवतजावतमा सहजतासँगै आन्तरिक पर्यटकको आवगमन बढ्ने स्थानीयको भनाइ छ ।
पर्यटन क्षेत्रको विकासले यहाँको कृषि उपजको बजारीकरण समेत टेवा पुग्ने स्थानीयले बताएका छन् ।