समाज

कञ्चनजङ्घा क्षेत्रमा जैविक विविधताको अध्ययन तथा अवलोकन गर्न ट्रेल क्यामेरा र जीपीएस जडान

कञ्चनजङ्घा क्षेत्रमा जैविक विविधताको अध्ययन तथा अवलोकन गर्न ट्रेल क्यामेरा र जीपीएस जडान

काठमाडौं । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधताको अध्ययन तथा अवलोकन गर्न ट्रेल क्यामेरा र जीपीएस उपकरण जडान गर्न थालिएको छ । 

युनेस्को, कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्  र समृद्ध पहाडको सहकार्यमा संरक्षण क्षेत्रभित्र आधुनिक प्रविधि प्रयोग गरेर जैविक विविधताको निगरानी थालिएको हो ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले संरक्षण क्षेत्रभित्र जैविक विविधताका हटस्पट र सम्भावित पकेट क्षेत्रहरू पहिचान गर्न लगिएको जनाएको छ । पछिल्ला वर्षहरूमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएकोले क्षेत्रलाई सुरक्षित राख्न बायोस्फियर रिजर्भको अवधारणा अघि सारिएको हो ।

आधुनिक वैज्ञानिक विधिलाई आदिवासी ज्ञानसँग एकीकृत गर्दै पारिस्थितिकीय प्रणालीको वास्तविक समय अनुगमन तथा तथ्य संकलन गर्ने उद्देश्यसहित साउन ४ गतेसम्म तापेथोक, हेलोक र लेलेप क्षेत्रका विभिन्न स्थानमा उपकरण जडान गरिँदैछ ।

हाल ७० वटा ट्रेल क्यामेरा र १४ वटा जीपीएस उपकरण जडान गरिनेछ । जडान गरिएका क्यामेराहरू करिब एक महिनासम्म सञ्चालनमा रहनेछन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *