मुख्य समाचार

रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीमा शान्ति वार्ता हुँदै

रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीमा शान्ति वार्ता हुँदै

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीमा शान्ति वार्ता हुँदैछ । 

आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको नाम भने छैन । शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई आह्वान गरे पनि वार्ता टोलीमा उनी रहेका छैनन् 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वार्ताका लागि रूसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने बताइएको छ । पुटिन र जेलेन्स्की डिसेम्बर २०१९ देखि प्रत्यक्ष रूपमा भेटेका छैनन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्तामा दुवै देशका राष्ट्रपति सहभागी भएर पुटिनलाई व्यक्तिगत रूपमा पनि भेट्ने तयारी गरेका थिए । रुससँगको शान्ति वार्ताका लागि टर्की पुगिसकेका जेलेन्स्कीले त्यहाँका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई पनि भेट्ने कार्यक्रम छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *