मुख्य समाचार

आज राष्ट्रियसभा बैठक बस्दै

आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो सवा एक बजे बस्नेछ । 

बैठकमा विधायन ब्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पानी जहाज सञ्चालन तथा ब्यवस्थापन विधेयक, २०८१ सम्बन्धि समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्ने कार्यसूचि छ । 

राष्ट्रिय सभाको सचिव डा. सुरेन्द्र अर्यालले शहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय विधेयक, २०८१ का सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् । 

साथै, संस्कृति पर्यटन तथा नागरिक उड्रुडयन मन्त्री बद्रि पाण्डले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *