Siddarth bankविज्ञापन
समाज

पर्यटक लोभ्याउने मुस्ताङको टिटि ताल

पर्यटक लोभ्याउने मुस्ताङको टिटि ताल

मुस्ताङ । हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकामा रहेको टिटि तालले पर्यटक लोभ्याउन थालेको छ । 

थासाङ गाउँपालिका– ५ मा अवस्थित सबैको प्राकृतिक सुन्दरताले भरिपूर्ण तालले पर्यटक लोभ्याउन थालेको हो । बेनी जोमसोम कोरोला सडक खण्डदेखि कालीगण्डकी नदिपारी रहेको सम्भवत मुस्ताङ जिल्लाकै विशाल तालको प्रचार गर्न सके अझै पर्यटक बढने अपेक्षा गरिएको छ । 

तालसम्म पुग्न दुई पाङ्ग्रे सवारीसाधन मार्फत उत्तरतर्फ बाट जम्मा दस मिनेट र दक्षिण तर्फाबाट बीस मिनेट लाग्ने यो ताल हेर्न दैनिक जसो पर्यटक भने पुगि नै रहेका हुन्छन । मुस्ताङमा आधा दर्जन बढी ताल अप्ठ्यारो सडक संजाल र कठिन भुगोल कै कारण ओझेलमा छन । 

टिटि लगायत आधा दर्जन भन्दा बढी गाउँहरुमा पुग्नका लागि पक्की पुल निर्माण भैरहेकाले भविश्यमा तालले पर्यटन फस्टाउने अपेक्षा गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *