काठमाडौं । भेरी नदीमा मंगलबार राति टिपर खसेको छ । टिपर नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् ।
जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ जाँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर मगलबार राति रुकुमपश्चिमको आठबीसकोट– १४ पिपलचौरस्थित भेरी नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरूको अवस्था अज्ञात रहेको छ । बेपत्ता भएकाहरूको नाम ठेगाना केही खुल्न सकेको छैन ।
बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरेको छ । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
