काठमाडौं । यस वर्षको मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् ।
शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितेकी हुन् । प्रतियोगितामा नेपालसहित १०८ देशका प्रतिस्पर्धीहरू सहभागी भएका थिए।
विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्याइदिइन् । इथियोपियाकी उपविजेता घोषित भइन् । पोल्याण्ड र मार्टिनिकका क्रमशः तेस्रो र चौंथो उपविजेता घोषित भए ।
सो प्रतियोगितामा नेपालबाट सृच्छा प्रधानले प्रतिनिधित्व गरेकी थिइन् । नेपाल अन्तिम ४० मा समेटिन सकेन ।