समाज

यस्तो छ नवराज सुवेदीले निर्वाचन आयोगमा दिएको निवेदन (पूर्णपाठसहित)

यस्तो छ नवराज सुवेदीले निर्वाचन आयोगमा दिएको निवेदन (पूर्णपाठसहित)

काठमाडौं । राजावादी नेता नवराज सुवेदीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई विधान विपरीत अनुशासन समिति अध्यक्ष पदबाट हटाएको भन्दै उक्त निर्णय बदरको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

उनले आइतबार (आज) आयोग पुगेर ७ बुँदे उजुरी दिएका हुन् । सुवेदीले आफूलाई राप्रपाको अनुशासन आयोगको अध्यक्ष पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सुवेदीलाई साथ दिँदै डा. धवल शमशेर राणालगायतका नेताहरू पनि आयोग पुगेका छन् ।  

सुवेदीले आयोगमा दिएको निवेदनमा चार वर्षे कार्यकाल बाँकी छँदै आफूलाई पदबाट हटाइनु विधान विपरीत हुने जिकीर गरेका छन् । अध्यक्ष लिङ्देनले प्रवक्ता सगुनसुन्दर लावती र अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलाई हटाएपछि पार्टी भित्र विवाद बढेको हो ।

असार २५ गते अध्यक्ष लिङ्देनले लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए भने सोही दिन अनुशासन समिति अध्यक्षमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरेपछि इतर पक्ष आक्रोशित भएको हो । 

यस्तो छ नवराज सुवेदीले निर्वाचन आयोगमा दिएको निवेदन 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *