समाज

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २४ सय रुपैयाँले घटेर १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला २३३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *