मुख्य समाचार

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने गरी खारेज गर्ने घोषणा गरेको छ । 

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले बिहीबार एक संक्षिप्त विज्ञप्ति मार्फत नेपाली टीपीएस धारकहरूलाई आफ्नो स्वदेश फिर्ताको तयारी गर्न आग्रह गरेको हो । 

यूएससीआईएसका अनुसार, नेपालले २०१५ को विनाशकारी भूकम्पपछि प्राप्त टीपीएस सुविधा अब निरन्तर आवश्यक नरहेको बताइएको छ । यूएससीआईएसले अमेरिकामा टीपीएस अन्तर्गत रहेका झण्डै ७ हजार ५ सय नेपाली आप्रवासीलाई ‘स्वतः स्वदेश फिर्तीको प्रक्रिया’ शुुरु गर्न आग्रह गरेको छ । 

यसका लागि उनीहरूलाई आधिकारिक एपमार्फत स्वयं निर्वासन प्रक्रिया थाल्न सुझाव दिइएको छ । अमेरिकी विदेश विभागले नेपाललाई हाल ‘यात्रा सतर्कता स्तर २’ मा राखेको छ, जुन देशको राजनीतिक अस्थिरता तथा सम्भावित हिंसाका कारण हो ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *