मुख्य समाचार

हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेशमा लगाइएको प्रतिबन्धमा अदालतको अस्थायी रोक

हार्वर्डमा विदेशी विद्यार्थीको प्रवेशमा लगाइएको प्रतिबन्धमा अदालतको अस्थायी रोक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हार्वर्ड विश्व विद्यालयमा विदेशी विद्यार्थीको भर्नालाई रोक्ने पछिल्लो प्रयासलाई पनि अदालतले अस्थायी रोक लगाएको छ । 

अमेरिकी जिल्ला न्यायाधीश एलिसन बरोजले अदालतले ट्रम्पको घोषणालाई लागू गर्न नसक्ने फैसला गरेका हुन् । यसअघि पनि बरोजले नै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नालाई रोक्ने ट्रम्पको पहिलेको प्रयासलाई पनि रोक्न आदेश दिएका थिए । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ह्वाइटहाउसले गत बुधबार राति जारी गरेको घोषणाले हार्वर्डमा धेरैजसो नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई अमेरिकामा प्रवेश गर्न रोकेको थियो भने भर्ना भइसकेका विदेशी विद्यार्थीको भिसा पनि रद्द हुने जोखिम रहेको बताइएको थियो । तर गत बिहीबार अदालतले ह्वाइटहाउसको घोषणलाई रोकेको छ ।

विदेशी विद्याथीाई लिएर पछिल्लो समय राष्ट्रपति ट्रम्प र हार्वर्डबीच सम्बन्ध चिसिएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *