ताप्लेजुङ । ताप्लेजुङका स्थानीय युवा तथा जेष्ठ नागरिकहरू गाउँमै पाइने बाँस जस्ता कच्चा पदार्थ प्रयोग गरेर मुढा निर्माणमा जुट्दै आत्मनिर्भर बन्न थालेका छन् ।
पछिल्लो समय स्थानीय तहहरूले स्वरोजगारमुखी तालिम सञ्चालन गर्दै आएका छन्, जसले ग्रामिण युवामा आशा जगाएको छ ।
कुर्सी तथा बेञ्चको विकल्पका रूपमा प्रयोग हुने यस्ता मुढाहरू बजारमा तीन सयदेखि दुई हजार रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेका छन् ।
अहिले ११ जना तालिमार्थीहरूले यो सिप सिकिरहेका छन् । युवा पुस्तादेखि जेष्ठ नागरिकसम्म मुढा बनाउने सीपप्रति आकर्षित भएका छन् ।
मुढा निर्माणका लागि आवश्यक बाँस, डोरी र टायर जस्ता कच्चा पदार्थ गाउँमै सहजै पाइने भएकाले कम खर्चमा राम्रै आम्दानी गर्न सकिने बताइएको छ ।