काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) को नतिजामा उल्लेख्य सुधार आएको छ ।
२०८१ सालको एस.ई.ई. मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।
यस वर्ष नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ । यसैगरी जीपीए ३.२० देखि ३.६० ल्याउने ८१ हजार ३ सय ८५ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ८९ हजार १ सय २४ जना, जीपीए २.४० देखि २.८० ल्याउने ४८ हजार ४ सय ७९ जना रहेका छन् ।
जीपीए २.४० देखि २.८० ल्याउने ४८ हजार ४ सय ७९ जना, जीपीए २ देखि २.४० ल्याउने ४ हजार १ सय २६ जना, जीपीए १.६० देखि २ ल्याउने ८ जना रहेका छन् । एसईईमा कुल ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी सहभागी थिए । जसमध्ये १ लाख ६७ हजार ५ सय ९७ जना नन ग्रेडेड भएका छन् भने १२६ जनाको परीक्षा रद्द भएको छ ।
नन ग्रेडेडहरुका लागि मौका परीक्षा साउनको २९ गतेबाट शुरु हुने राष्ट्रिय परीक्षाबोर्डले जनाएको छ ।