मुख्य समाचार

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । 

वीरगञ्ज महानगरको निर्णय अनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन शुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ । 

महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा  ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *