भोजपुर । भोजपुरको षडानन्द नगरपालिका १० साम्पाङमा रहेको ‘हिमालयन माहायान छेदेन छ्याकी खोलो’ वौद्ध गुम्बाको संरक्षण गरिएको छ ।
संरक्षण अभावमा जीर्ण बन्दै गएको गुम्बाको षडानन्द १० सम्पाङ वडा कार्यालय तथा प्रदेश सरकारको बजेटमा संरक्षण गरिएको हो । गुम्बा भवन संरक्षण गरिपछि यहाँका बौद्ध धर्माबलम्बी खुसी भएका छन् ।
यो गुम्बामा पाठशालासेमत सञ्चालन भईरहेको छ । समुदाय अनुसारको धर्म सस्कार संस्कृतिको संरक्षण गर्न वडाको आर्थिक सहयोग तथा पहलमा गुम्बाको संरक्षण गरिएको हो । वडाको माथिल्लो भेगमा तामाङ र शेर्पा समुदायको बसोबास रहेकोले संस्कृतिको संरक्षणमा जोड दिन गुम्बा संरक्षण गरिएको जनप्रतिनिधिको भनाइ छ ।
गुम्बाको घेराबारा, प्रवेशद्धार निर्माण, छानो फेर्ने, धारा निर्माण लगायतको काम गरिएको हो । भावी दिनमा पनि आवश्यकताका आधारमा वडाले अन्य गतिविधिलाई सञ्चालन गर्ने जनाएको छ ।
