समाज

प्रधानमन्त्रीले ओलीले दिए स्पेन भ्रमणबारे संसद्लाई जानकारी

प्रधानमन्त्रीले ओलीले दिए स्पेन भ्रमणबारे संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । 

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्पेन भ्रमणका सबन्धमा जानकारी गराएका हुन् ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन उनी साँझ औपचारिक भ्रमणमा जान लागेका हुन् ।

स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन प्रधानमन्त्री ओली आज साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड जानेछन् भने यही असार २० गते शुक्रबार साँझ फर्कने तालिका छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *