मुख्य समाचार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा  ११०० रुपैयाँले घटेको हो । 

बिहीबार प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ११ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला २००५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *