मुख्य समाचार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारका आज (मंगलबार) सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ६ सय रुपैयाँले घटेर १ लाख ९० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाादीको मूल्य भने बढेको छ ।  चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला २१६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *