समाज

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो । 

मंगलबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै,  चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला २२६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *