समाज

जनता समाजावादी पार्टी मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

जनता समाजावादी पार्टी मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जनता समाजावादी पार्टी मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्र्जी जारी भएको छ । 

जिल्लाा अदालत सर्लाहीले नेपाल प्रहरीका सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्की दिएको आरोपमा यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । 

आपराधिक उपद्रवको कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ संवाद सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको थियो ।

प्रहरीले रातिको समयमा सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिएको विषयमा यादवले धम्क्याएको प्रहरीको दाबी छ । सार्वजनिक भएको अडिओमा अध्यक्ष यादवले प्रहरीलाई किन त्यहाँ सुरक्षा दिएको भन्दै तथानाम गाली गरेका छन् ।

एसपी खड्कालाई लुट्न तराईमा आएको भन्दै उनले गाली गरेको अडिओमा सुनिन्छ । यादवले यसअघि प्रदेश मन्त्रीलाई पनि यस्तै धम्कीपूर्ण भाषामा म्यासेज पठाएको पाइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *