समाज

तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरि भाँचियो

तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरि भाँचियो

काठमाडौं । रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल फेरी भाँचिएको छ । 

निर्माणको क्रममा रहेको उक्त पुल आइतबार (आज) बिहान  दोस्रोपटक भाँचिएको हो ।

कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो । 

भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आज बिहान फेरि भाँचिएको हो । यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *