काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेलाई सारिएको छ ।
सत्तापक्ष र प्रतिपक्षीबिच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो एक बजे सूचना टाँसेर दुई बजेसम्मका लागि सारिएको हो ।
भिजिट भिसा प्रकरणमा गृह मन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् ।