राजनीति

नेपाली कांग्रेसको भविष्य: शेखर कोइरालाको नेतृत्वमा नयाँ यात्रा

नेपाली कांग्रेसको भविष्य: शेखर कोइरालाको नेतृत्वमा नयाँ यात्रा

काठमाडौ। नेपाली कांग्रेस पार्टीको नेतृत्वमा बदलावको आवाज गुञ्जिरहेको छ। शेरबहादुर देउवाले लामो समयदेखि सम्हालेको पार्टी सभापतिको जिम्मेवारी अब समाप्ति तिर उन्मुख छ। पार्टीको १५औं महाधिवेशन समयमा सम्पन्न हुन नसक्ने अवस्थामा पुगिरहेको र विवादित सदस्यता नवीकरणको कारण संगठनात्मक असमझदारी बढिरहेको छ। यतिबेला पार्टीको भावी नेतृत्वमा डा. शेखर कोइरालाको नाम अग्रणी रूपमा चर्चामा छ।
शेखर कोइरालाले विगतका महाधिवेशनमा पराजय भएपनि पार्टीको संगठन सुदृढीकरणमा निरन्तर काम गरेका छन्। उनी पार्टी कार्यकर्तासँगको प्रत्यक्ष संवाद, नेतृत्वको आन्तरिक असन्तुलन र स्पष्ट विचारको पक्षधर बनेका छन्। उनको सरल जीवनशैली र कार्यकर्तामाझ सहज पहुँचले उनलाई नेपाली जनता र पार्टीको लागि उपयुक्त नेतृत्वको रूपमा स्थापित गरेको छ।
नेपाली कांग्रेसका लागि नयाँ नेतृत्वले पार्टीको विचार र संगठनमा अनुशासन ल्याउने विश्वास बढाउँदै गएको छ। शेखर कोइरालाको नेतृत्वले पार्टीलाई न्यायसंगत, विधिसम्मत र सक्रिय बनाउन सक्ने क्षमता राख्छन भन्ने विश्वास अहिले पार्टीका आन्तरिक र बाह्य पक्षबाट प्रबल भइरहेको छ। यसैबीच, पार्टीको आगामी १० वर्षको यात्रा निश्चित गर्न महत्त्वपूर्ण निर्णयहरू लिनुपर्ने समय आएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *