बागमती । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।
आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले चलचित्र सम्बन्धी विधेयक पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
बैठकमा प्रदेशसभा अन्तर्गतको विभिन्न विषयगत समितिबाट पारित भएका अन्य चारवटा विधेयकहरु प्रतिवेदन समेत पेस गर्ने कार्यसूची छ ।
चालु प्रदेशसभा अधिवेशनबाट अगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नेछ ।