काठमाडौं । बाढी पहिरोका कारण देशभर मुख्य ४ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
मनसुन सक्रिय भएसँगै बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्गहरू अवरुद्ध भएका हुन् ।
नेपाल प्रहरीका अनुसार ४ वटा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने ५ स्थानमा एकतर्फी रूपमा सञ्चालन भएको छ । कर्णाली प्रदेशका मुख्य दुई मार्ग कर्णाली करिडोर र भेरी करिडोर पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
अविरल वर्षाका कारण संखुवासभाको भोटखैला गाउँपालिका-४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। बाढी आएपछि रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन नाका जोड्ने पुलमा जोखिम बढेको छ । जसकारण यातायात पूर्णरुपमा अवरुद्भ भएको बताइएको छ ।
यस्तै, काठमाडौंको टोखा-२ स्थित काठमाडौं-नुवाकोट सडक, बागलुङ र नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र रोल्पा परिवर्तन गाउँपालिका-५ ग्रामजिमस्थित सहिद राजमार्ग एकतर्फीमात्रै सञ्चालन भएका छन् ।