समाज

पर्वतको पहिरो अपडेट : श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

पर्वतको पहिरो अपडेट : श्रीमान् मृत फेला, श्रीमतीको खोजी जारी

काठमाडौं । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा  बेपत्ता भएका दम्पतीमध्ये श्रीमानको शव भेटिएको छ । 

स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्माको शव भेटेको जिल्ला प्रहरी कार्यालयका पर्वतले जनाएको छ ।  पहिरोमा बेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी जारी छ । 

डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको  खोजी गरिएको हो । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *