मुख्य समाचार

सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छः शेखर कोईराला

सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छः शेखर कोईराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन् । 

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश अफ्ठ्यारो परिस्थितिमा गएको र नेपाली र्काग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गरे । 

उनले कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गरे । नेपाली कांग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरुसँग रहेको भन्दै सत्ताको चाबी कांग्रेसले खोल्नुपर्ने बताए । कांग्रेसको भविष्यको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने बताए । 

सांसद कोईरालाले कतार, दुबईहरु बनाउने नेपालीहरुले नेपाल बनाउन नसक्ने भन्ने नहुने बताए । नेपाललाई नेपाल बनाउनुपर्ने बताए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *