समाज

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष इन्टरनेट निःशुल्क

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष इन्टरनेट निःशुल्क

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ ।

यो अफर अन्तर्गत वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरु हरेक हप्ता हुने लक्की ड्र मा सहभागी हुने र त्यसमध्येबाट १४ जना भाग्यशाली विजेता छानिने डिसहोमले जनाएको छ । 

विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र चार जना हालका वार्षिक जडान गर्ने ग्राहक हुने जनाइएको छ । विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे र सो दिन नभ्याइ आइतबार साँझ पाँच बजे डिसहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलबाट गरिने छ । 

बोनस योजना ग्राहकहरुसँगको सम्वन्ध अझ बलियो बनाउन र उनीहरुको निरन्तर समर्थनप्रति कृतज्ञता प्रकट गर्न लाइएको डिसहोमको भनाइ छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *