काठमाडाै। राष्ट्रिय स्वतन्त्र पार्टीका सांस सरकार डार्क माेडमा चलेकाे असिम शाहले सरकार डार्क माेडमा चलेकाे बताएका छन् । उनले सरकार आफू पनि डार्क माेडमा चलेको र देशलाई पनि डार्क माेडमा पुर्याएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘सेटिङ्ग चेन्ज गरी लाइट माेडमा गर्नुपर्यो सरकार ।’
उनले संसदमा गम्भीर विषयमा बहस गरिरहेको समयमा झ्याप्प बत्ती जाने गरेको बताए । ‘संसदमा त इनभटर, जेनेरेटर, सबै छ, केही रोकिन्न । तर, आम नागरिकको घरमा यस्तो विशेष सुविधा छ र ?’, उनले भने ।