समाज

सरकारले साउन महिनालाई ‘डेंगु सचेतना महिना’को रूपमा मनाउने

सरकारले साउन महिनालाई ‘डेंगु सचेतना महिना’को रूपमा मनाउने

काठमाडौं । सरकारले साउन महिनालाई ‘डेंगु सचेतना महिना’को रूपमा मनाउने घोषणा गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विशेष कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगबारे जनचेतना फैलाउने उद्देश्यले साउन महिना चयन गरिएको जानकारी दिएको हो । 
कार्यक्रम शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान गरे । 

मन्त्री पौडेलले डेंगु परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताए । डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने र नसके एउटा निश्चित शुल्क निर्धारण गर्ने उनको प्रतिबद्धता थियो । मन्त्री पौडेलले गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झनै लुट्ने काम बन्द गर्न पनि चेतावनी दिए । 

डेंगुबारे सरकारले  गर्नुपर्ने जति काम गर्न नसकिरहेको पनि स्वीकार्दै उनले डेंगु समस्या भन्दा माथि गइसकेको बताए । मन्त्री पौडेलले सञ्चार माध्यमसँग सहकार्य गरेर प्रचारप्रसारका लागि सरकार अघि बढ्ने तयारी गरिरहेको बताए ।

मन्त्री पौडेलले सरकारी कार्यालयहरू जोगाउन सके दर्जनौँ मानिसहरूलाई डेंगुबाट जोगाउन सकिने बताए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *