मुख्य समाचार

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

एजेन्सी । भियतनाममा खराब मौसमका कारण पर्यटक चढेको डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु भएको छ । 

भियतनामको लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा शनिबार दिउँसो डुंगा दुर्घटना भएको हो । सो डुंगामा धेरैजसो हनोईबाट आएका भियतनामी नागरिक थिए ।

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको हो । उक्त दुर्घटनामा परी ८ जना घाइते भएका छन् । 

उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन्। पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ। आँधी बेरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा पल्टिएको थियो। डुङ्गामा ५३ जनाले यात्रा गरिरहेको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *