समाज

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने एमालेको यस्ता छन् निष्कर्ष (पूर्णपाठसहित)

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने एमालेको यस्ता छन् निष्कर्ष (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य भएर राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने भन्दै सदस्यता नवीकरण रोकेको छ ।

एमालेले नवीकरण मात्र होइन कि कुनै पनि दलमा आबद्ध भएर कार्यकर्ता वा नेता हुने विषय नै संविधानको भावना र मर्म विपरीत हुने समेत स्मरण गराएको हो । 

पार्टीको दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको नवौँ बैठकका निर्णय सार्वजनिक गर्दै भण्डारी राजनीतिमा आउने विषयले पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । एमालेले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन मिल्दैन भन्ने तर्क गरिरहँदा संविधानको भाग ६ का विभिन्न धाराहरू स्मरण गराएको छ । 

दैलेखमा मिथेन ग्याँस भण्डारण भएको पुष्टि भएको, श्रमिकहरूको ज्याला बढेको, राजावादीहरुको आन्दोलन असफल भएको, सहकारीमा भएको बेथितिको सम्बोधन भइरहेकोले नागरिकमा आशा बढेको एमालेको निष्कर्ष छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *