काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।
बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्नेछ । भिजिट भिसा प्रकरणमा संसद्को बजेट अधिवेशन प्रभावित भइरहेको बेला अध्यक्ष दाहालले छलफलका लागि बैठक बोलाएका हुन् ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।
सोही कारण जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ ।