काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आजपनि बस्दैछ ।
आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले गरेको सदरपछि उत्पन्न परिस्थितिबारे मिहीन छलफल हुने बताइएको छ ।
शनिबार भएको बैठकले गृह मन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएर छानबिनमा सघाउन माग गरेको थियो । बैठकले पार्टीका सभापति सभापति रवि लामिछानेको हकमा सम्मानित सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गर्ने निर्णय गरेको छ ।
तर, सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐनअनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशंका पनि पार्टीको रहेको रास्वपाले बताएको छ ।