काठमाडौं । बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ सार्वजनिक भएको छ ।
खतिवडाको स्वरमा रहेको गीतको शब्द उनका पिता प्रमोद खतिवडाले लेखेका हुन् ।
गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्जमेन्ट गरेका छन् भने गीतको भिडियोलाई ‘गुरुभाइ फकीर’ले निर्देशन गरेका हुन्। भिडियो परिधी अध्ययनरत विद्यालय र काठमाडौं वरपरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ ।
सार्वजनिक गीतमा बालमनको कल्पना मात्र होइन, देशप्रतिको माया र सामाजिक सद्भावको भावनालाई पनि समेटिएको छ।
खतिवडा काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत छिन् ।