समाज

तोलामा १८ सय बढ्यो सुन, चाँदीको मूल्य हालसम्मकै उच्च

तोलामा १८ सय बढ्यो सुन, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) चाँदीको मूल्य हालसम्मकै उच्च रहेको छ भने सुनको मूल्य पनि बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८०० रुपैयाँले बढेर १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउमा भने नयाँ रेकर्ड बनेको छ चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला २३२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *